You are here
Home > समाचार > मुस्ताङको जाडोमा सेनाको तालिम

मुस्ताङको जाडोमा सेनाको तालिम

२९ माघ २०७५, मंगलवार ११:४०

काठमाडौं-नेपाली सेना र अमेरिकाको इन्डो प्यासिफिक सेनाबीच मुस्ताङको जोमसोममा संयुक्त सैन्य अभ्यास सञ्चालन भई रहेको छ।  नेपाली सेनाले जानकारी अनुसार अमेरिकी सरकारले अख्तियार गरेको ‘इन्डोप्यासिफिक’ रणनीतिमा नेपालको महत्वपूर्ण स्थान रहेको बताइदै गर्दा दुइपक्षीय सैन्य अभ्यास सञ्चालन भएको हो।

सैन्य अभ्यास फागुनको पहिलो हप्तासम्म सञ्चालन हुनेछ। माघको तेस्रो हप्तादेखि सुरु भएको उक्त संयुक्त सैन्य अभ्यासमा नेपाली सेना र अमेरिकाको इन्डो प्यासिफिक कमन्ड गरी ४८ जना सहभागी छन्।

 

विगत १५ वर्षदेखि सञ्चालन भएको सैन्य अभ्यास निरन्तरको अर्को अध्याय रहेको सेनाले जनाएको छ । यसै विषयमा नेपालीस्थित अमेरिकी दूतावासले पनि संयुक्त सैन्य अभ्यासको विषय पुष्टि गरेको छ। समय र स्थानको पूर्ण विवरण विना दूतावासले सैन्य अभ्यास सम्बन्धि सूचना दिएको हो।

तालिम अमेरिकी सेनासँग हुने नियमित क्यालेन्डरअनुसारकै एउटा हिस्सा हो। यो तालिम अन्तर्गत उच्च हिमाली क्षेत्रमा जीवन रक्षासहित विपत् व्यवस्थापन र उद्दारका कलाहरुसम्बन्धी अनुभव साटासाट हुनेछ।

 


तस्बिरः नेपालस्थित अमेरिकी दूतावास