You are here
Home > राजनीति > प्रचण्डसँगको फोटो राखेर जनयुद्ध दिवस सम्झिए बाबुरामले

प्रचण्डसँगको फोटो राखेर जनयुद्ध दिवस सम्झिए बाबुरामले

१ फाल्गुन २०७५, बुधबार ११:३०

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जनयुद्ध दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सशस्त्र जनयुद्धको २४ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गर्दै डा‍. भट्टराईले नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस फागुन १ को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना भनेका छन्।

भट्टराईले संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२–६३ को जनआन्दोलनको प्रमुख भूमिका रहेको भन्दै यसलाई नभुल्न भनेका छन्।

२०४८ सालदेखि ७१ सालसम्म एउटै पार्टीमा रहेका भट्टराई र प्रचण्ड अहिले फरक फरक पार्टीका प्रमुख छन्। तिनै प्रचण्डसँगको फोटो सामाजिक सञ्जाल ट्वीटरमार्फत राख्दै बाबुरामले जनयुद्धलाई सम्झेका हुन्।