You are here
Home > खेलकुद > डीपीएलः काठमाडौंको लगातार दोस्रो जित

डीपीएलः काठमाडौंको लगातार दोस्रो जित

१ फाल्गुन २०७५, बुधबार १३:०४

काठमाडौ-धनगढी प्रिमियर लिग (डीपीएल)मा अन्तर्गत काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित दर्ता गरेको छ। आज भएको पहिलो खेलमा काठमाडौंले महेन्द्रनगर युनाईटेडलाई सात रनले पराजित गरेको हो। महेन्द्रनगरको यो लगातार दोस्रो हार हो।

फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ३४ रन बनायो। दुबै ओपन गौरव तमोर एक र अनिलकुमार शाह ६ रनमा आउट भए। त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लपनि १४ रनमा पेभेलियन फर्किएपछि काठमाडौंले ३७ रनमा तेस्रो विकेट गुमायो।

महबुब आलम १३ रनमा पेभेलियन फर्किए भने सोनु तामाङ मात्र एक रनमा बाहिरिए। अन्तिममा अंकित दवास र योगेन्द्रसिंह कार्कीले अर्धसतकिए साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए।

अंकितले अविजित ६५ रन बनाए भने योगेन्द्रसिंह कार्कीले अविजीत २२ रनको योगदान गरे। बलिङमा अमरसिंह रौटेलाले दुई विकेट लिए।जवाफमा महेन्द्रनगर २० ओभरमा आठ विकेट गुमाउँदा एक सय २७ रनमा रोकियो।