You are here
Home > समाचार > सप्तरीमा सेनाको स्वास्थ्य शिविर

सप्तरीमा सेनाको स्वास्थ्य शिविर

१ फाल्गुन २०७५, बुधबार १९:५३

जनकपुरधाम– नेपाली सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा सप्तरीको राजविराजमा वृहत निःशुल्क संयुक्त शल्यचिकित्सा घुम्ती शिविर सञ्चालन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एक कार्यक्रमका बीच बुधवार शिविरको उद्घाटन गरे ।

शिविरमा प्रतिदिन १ हजार २ सय जनालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । फागुन ११ गतेसम्म चल्ने घुम्ती शिविरमा जटिल स्वास्थ्य समस्याका ६, मध्यमखाले समस्याका १५ र सामान्य २० गरी ४१ जनाको सर्जरी गरिने लक्ष्य लिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

शिविरमा ईएनटी, अर्थो, गाईनो, साईक्याट्री, सर्जरी र आँखाको उपचार गरिने छ । शिविरमा सहभागी हुने बिरामीले विहान ६ बजेदेखि ९ बजेसम्म नाम दर्ता गराउन पाउनेछन् ।