You are here
Home > समाचार > घुससहित प्रहरीका असई पक्राउ

घुससहित प्रहरीका असई पक्राउ

१ फाल्गुन २०७५, बुधबार १९:५६

काठमाडौं–महोत्तरीको औरही प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले औरही प्रहरी चौकीका असई राम नरेश साह तेलीलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

भारतीय सीमावर्ती बजारबाट घरमा प्रयोग हुने विद्युतीय सामग्री ल्याउन सहज घराइदिने भन्दै स्थानीयसँग घुस मागेका थिए ।

स्थानीयको उजुरीका आधारमा पुगेको अख्तियारको टोलीले असई तेलीलाई १० हजार रुपैयाँ घुस लिँदा लिँदै मंगलवार प्रहरी चौकीबाटै पक्राउ गरेको थियो । असई तेलीसहित अख्तियारले घुस दिँदै गरेको अवस्थामा स्थानीय फर्निचर व्यवसायी दिनेश साहलाई पनि पक्राउ गरेको थियो ।

अख्तियारले घुस लिँदा लिँदै पक्राउ गर्दा फरार भएका दुवैजनालाई बुधवार पक्राउ गरेको हो । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।