You are here
Home > समाचार > सेनामा सहायकरथीबाट ५ जना उपरथीमा बढुवा

सेनामा सहायकरथीबाट ५ जना उपरथीमा बढुवा

१ फाल्गुन २०७५, बुधबार २०:०३

काठमाडौँ-नेपाली सेनामा सहायकरथीबाट ५ जना उपरथीमा बढुवा भएका छन् । बढुवा भएका उपरथीहरूले आजै दज्र्यानी चिन्ह पनि लगाएका छन् ।

लामो समयदेखि बढुवा हुन नसकेको उपरथीमा बढुवा भएको हो । सहायकरथीबाट उपरथीमा बढुवा हुनेहरूमा बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन् । बढुवा भएका उपरथीहरूलाई आज नै सरुवा पनि गरेका छन् ।

उपरथी बालकृष्ण कार्कीलाई सात नम्बर प्रदेशको पृतनापति, उपरथी सरोज प्रताप राणाराणालाई सुर्खेत पृतना गणमा सरुवा गरेका छन् । त्यस्तै उपरथी अनन्त कार्कीलाई कार्य रथी विभाग(एजी) र उपरथी सिताराम खड्का बुटवल पृतनापतिमा सरुवा भएका छन् । भने, उपरथी ताराध्वज पाण्डेलाई आईजी विभागको जिम्मेवारी तोकिएको छ । बढुवा परेका उपरथीहरू गत माघ २५ मा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।