You are here
Home > समाचार > सशस्त्र प्रहरी भर्नाः मागभन्दा थोरै उर्तिण

सशस्त्र प्रहरी भर्नाः मागभन्दा थोरै उर्तिण

१ फाल्गुन २०७५, बुधबार २०:१५

काठमाडौं-सशस्त्र प्रहरी बलको पछिल्लो इन्स्पेक्टर भर्नामा महिलाको उपस्थिति शून्य देखिएको पाइएको छ। सशस्त्रले ४३ इन्स्पेक्टर भर्ना खुलाएकोमा सोमबार प्रकाशित लिखित परीक्षाको नतिजामा ३४ जना उत्तीर्ण हुँदा महिला उपस्थिति शून्य भएको हो । भर्नामा महिलाका लागि चारजनाको आरक्षण कोटा थियो, तर लिखितमा कोही पनि सफल भएनन्।

यस्तै, मधेसी कोटामा पाँचमध्ये एकजनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका छन् भने दलित कोटामा तीनमध्ये एकजनाको नाम निस्किएको छ । पिछडिएको क्षेत्रबाट भएको एउटा मात्रै कोटाको नतिजा पनि शून्य आएको छ । खुलातर्फ २४ मा ३० उत्तीर्ण भएका छन् ।

सशस्त्र प्रहरीमा केही वर्षदेखि नै मागभन्दा थोरै उत्तीर्ण हुने गरेका छन् । हालै सशस्त्रले एक हजार नौ सय जवान माग गरेकोमा लिखितमा एक हजार तीन सय मात्र सफल भएका थिए ।

लोकसेवा आयोगले परीक्षा लिन थालेपछि मागभन्दा थोरै उत्तीर्ण हुन थालेको र यसबाट संगठनलाई समस्या भएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । परीक्षाको सिलेबस संशोधनका लागि छलफल भइरहेको उनले बताए ।

तुलनात्मक रूपमा सशस्त्र प्रहरीको भर्नामा कम आवेदन पर्ने गरेको छ ।

  • 125
    Shares