You are here
Home > राजनीति > प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्वोधन गर्दै

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्वोधन गर्दै

२ फाल्गुन २०७५, बिहीबार ०९:५८

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आज  देशवासीका नाममा सम्बोधन गर्ने भएका छन। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले सिहदरवारबाट अपरान्ह सम्वोधन गर्न लागेका हुन।

ओलीले सम्वोधनका क्रममा सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका लक्ष्य लगायतका विषयमा जानकारी गराउने छन्। साथै उनले यसविचमा देखिएका समस्याका विषयमा पनि सम्वोधन गर्ने बताइएको छ।

बिहीवार अपराह्न ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट सम्बोधनको कार्यक्रम राखिएको मुख्य सचिव लोकदर्शन रेग्मीले जानकारी दिएका छन्।