You are here
Home > समाचार > सशस्त्रका ६ वटा शिक्षालय थपिने

सशस्त्रका ६ वटा शिक्षालय थपिने

२ फाल्गुन २०७५, बिहीबार १२:३२

काठमाडौं-सशस्त्र प्रहरी बल नेपालमा ६ वटा शिक्षालय थप हुने भएको छ। करिब एक साताअघि गृहमन्त्रालयले सशस्त्र प्रहरी बललाई मुलुकका विभिन्न स्थानमा शिक्षालय थप्न स्वीकृति दिएको हो। सशस्त्रको बाहिनी र गणमा समेत तालिम सञ्चालन गर्नुपर्ने बाध्यता हट्ने सशस्त्र प्रहरीका अधिकारीले दाबी छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरजकुमार श्रेष्ठले हालकै जनशक्तिबाट काज खटाएर यही महिनाभित्र शिक्षालय स्थापना गरिसक्ने गरी तयारी थालिएको बताएका छन्।

हाल सशस्त्र प्रहरीको मातातीर्थस्थित प्रशिक्षण प्रतिष्ठानसहित मुलुकभर ६ वटा तालिम केन्द्र छन् । जसअनुसार नुवाकोटको ककनीमा संयुक्त राष्ट्र संघीय शान्ति स्थापना पूर्वतैनाथी तालिम, चितवनको कुरिनटारमा विपद् व्यवस्थापन, पोखरामा हुलदंगा व्यवस्थापन, नवलपरासीको बर्दघाटमा सीमा सुरक्षा र बाँकेमा सशस्त्र प्रहरी जवान तालिम हुँदै आएको थियो।

  • 378
    Shares