You are here
Home > समाचार > नेपालमा सेनाः चीनभन्दा दोब्बर, भारतभन्दा तेब्बर

नेपालमा सेनाः चीनभन्दा दोब्बर, भारतभन्दा तेब्बर

३ फाल्गुन २०७५, शुक्रबार ०७:३८

काठमाडौं- नेपालभन्दा निकै ठुलो भूगोल भएका क्यानडा, अर्जेन्टिनाजस्ता मुलुकमा सेनाको संख्या यहाँभन्दा निकै कम छ ।

सुरक्षा मामिलाविज्ञ प्राध्यापक ध्रुव कुमारका अनुसार नेपाली सेनासँग हेलिकोप्टर उठाउन र भारतीय सहयोगमा आएको ट्रक चलाउन तेलसमेत छैन । नेपाली सेना पहिलेदेखि नै भारतमाथि निर्भर छ । भारतबाटै ६० प्रतिशत अनुदानमा हतियार र गोलीगठ्ठा किन्नुपर्ने बाध्यतामा नेपाल छ ।

०४५ मा नेपालले चीनसँग केही ‘एन्टी–एयरक्राफ्ट’ हतियार किन्दा भारतले नाकाबन्दी नै गरेको थियो । त्यसयता नेपाली सेनाले चिनियाँ पक्षबाट गैरघातक मात्र सहयोग लिँदै आइरहेको छ ।

नेपालः १ लाख जनसंख्या – ३२४ सैनिक
भारतः १ लाख जनसंख्या – १०२ सैनिक
चीनः १ लाख जनसंख्या – १४८ सैनिक
अमेरिकाः १ लाख जनसंख्या – ४१२ सैनिक

  • 16
    Shares