You are here
Home > समाचार > एसपी उप्रेतीको राजीनामा स्वीकृत

एसपी उप्रेतीको राजीनामा स्वीकृत

३ फाल्गुन २०७५, शुक्रबार ११:५६

काठमाडौं-नेपाल प्रहरीको एसएसपी बढुवा सिफारिसमा असन्तुष्टि जनाएका महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्रप्रसाद उप्रेतीको राजीनामा स्वीकृत भएको छ। गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो।

गत शनिबार एसपीबाट एसएसपीमा बढुवा सिफारिस गर्दा उप्रेती परेका थिएनन्। उप्रेतीले त्यसको भोलिपल्ट प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए।