You are here
Home > राजनीति > देशभक्तिको भावनाका साथ अघि बढ्न उपप्रधानमन्त्री पोखरेल आह्वान

देशभक्तिको भावनाका साथ अघि बढ्न उपप्रधानमन्त्री पोखरेल आह्वान

५ फाल्गुन २०७५, आईतवार १४:२६

काठमाडौं – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले देशभक्तिको भावनाका साथ अघि बढन सबैलाई आह्वान गर्नु भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकको स्वाभिमान र सामाजिक सदभाव कायम हुनेगरी देशशक्तिको भावना विकास गर्न जरुरी रहेको पनि स्पष्ट पार्नु भयो ।

आईतबार ललितपुरको लगनखेलस्थित राजदल गणमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ईतिहासमा कहिल्यै पराधिन हुनु नपरेको मुलुकको गौरवगाथालाई उचाईमा पु¥याउने काममा अझै क्रियाशील भएर लागिपर्न राष्ट्रिय सेवा दललाई पनि सचेत गराउनु भयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय सेवा देलले मुलुकको देशभक्तिपूर्ण भावनाको जर्गेना गर्न उल्लेखनीय योगदान दिँदै आएको स्मरण गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।  दिक्षान्त कवाज कार्यक्रममा दलको प्रशिक्षणसम्बन्धि अभ्यास खेलहरु पनि प्रस्तुत गरिएको थियो ।