You are here
Home > समाचार > प्रदेश प्रमुख मल्लको स्वास्थ्य गम्भीर

प्रदेश प्रमुख मल्लको स्वास्थ्य गम्भीर

६ फाल्गुन २०७५, सोमबार १०:४१

काठमाडौं-सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ ल्याइएको छ। छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका मल्ललाई धनगढीमा उपचार सम्भव नभएपछि नाइटभिजन हेलिकप्टर मार्फत राति नै काठमाडौं ल्याइएको हो।

धनगढीको निसर्ग अस्पताल प्रशासनले आइतबार बेलुका एक विज्ञप्ति जारी गरेर मल्लको अवस्था चिन्ताजनक रहेको जनाएको थियो। विज्ञप्ति अनुसार मल्लको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर रहेको बताइएको थियो।

मल्ललाई महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारार्थ भर्ना  गरिएको र स्वास्थ्यमा क्रमिक सुधार आउन थालेको उनका प्रेस सहयोगी गजेन्द्रराज ओझाले जानकारी दिए।