You are here
Home > समाचार > कसले लगायो सशस्त्रको लेखामा आगो ?

कसले लगायो सशस्त्रको लेखामा आगो ?

७ फाल्गुन २०७५, मंगलवार ०९:४७

काठमाडौं- सशस्त्र प्रहरी वल मुख्यालय हलचोकको आर्थिक प्रशासन निर्देशनालयमा करिब चौध महिना अघि भएको आगलागी घटना रहस्यको गर्वमा अड्किएको छ ।

२०७४ पुस ४ गतेको आगलागीमा मुख्य दोषी देखाइएका तत्कालिन अवस्थामा केन्द्रिय लेखा शाखामा कार्यरत सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठ तथा सहायक दोषीका रुपमा देखाइएका लेखा शाखामै कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक हुमबहादुर थापा र निलम्बित सशस्त्र प्रहरी नायव निरीक्षक निलबहादुर श्रेष्ठलाई घटनामा संलग्न नभएको भन्दै जिल्ला अदालत काठमाडौंले सफाई दिएपछि घटना रहस्यमै अड्केको हो ।

महानगरिय अपराध महाशाखा तथा वृत्त स्वयम्भुको प्रहरी अनुसन्धानमा सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले स्टोरमा आफुले नै सईद्वय थापा र श्रेष्ठको निर्देशनमा आगो लगाएको बताएपनि अदालतमा तीनै जनाले ईन्कारी वयान दिएको भन्दै जिल्ला न्यायधिश उमानाथ गौतमको एकल ईजलाशले तीनै जनालाई ०७५ असार २४ गते सफाई दिएपछि सशस्त्र प्रहरी वलको केन्दिय लेखाको स्टोरमा आगो कसले लगाएको हो भन्ने बारे गम्भिर अनुसन्धान गर्नु पर्ने भएको छ ।
आगलागीको घटना बारे यथार्थ पत्ता लगाउने हो भने सशसत्र प्रहरी वल भित्रका अधिकृत तथा जवान गरि १५ जनामाथि गहिरो अनुसन्धान गर्नु पर्ने देखिएको छ ।

ती १५ जनामा एआईजी पुष्पराम केसी, तत्कालीन समयमा आर्थिक प्रशासन विभागको प्रमुख रहेका एसएसपी अभि खत्री, घटनाका बखत कालिञ्चोक गण किर्तिपुरका गणपति एसपी कालीदाश धौवजी, डिएसपी त्रय ध्रुव केसी (तत्कालीन समयमा आर्थिक प्रशासनमा रहेको) युवराज अर्याल कानुन र होम ज्ञवाली तत्कालिन समयमा प्रशासनमा रहेकोमाथि गहिरो अनुसन्धान गर्नु पर्ने देखिएको छ ।

त्यसैगरि तत्कालीन लेखा प्रमुख ईन्सपेक्टर बिनबहादुर थापा, सईद्धय लेखामा रहेका हुमबहादुर थापा र निलकुमार श्रेष्ठ घटनाका बखत निलम्बित, असई नगेन्द्रबहादुर रुचाल (आगलागी भएको स्टोरको चाबी साथमा राख्ने) हवल्दार रामकृष्णश्रेष्ठ (आगो लगाउने भनिएका व्यक्ति) घटनाका बखत मुख्य गेटमा मर्यादापालकको रुपमा रहेका छत्रबहादुर श्रेष्ठ र छत्रबहादुर थापा जसले हवल्दार रामकृष्ण श्रेष्ठलाई राती कार्यालयभित्र प्रवेश गर्न देखेको तथा मिनाकुमारी श्रेष्ठ हवल्दार रामकृष्ण श्रेष्ठकी श्रीमती र अस्मिता श्रेष्ठ उनकै भतिजी छन् ।

स्रोतका अनुसार हवल्दार श्रेष्ठले आगलागीकालागी दश लिटर पेट्रोल सशस्त्रकैभित्र रहेको पेट्रोल पम्पबाट किनेका थिए । तसर्थ उनले पेट्रोल किन्ने बेला ड्युटीमा रहेका कर्मचारीहरुलाई पनि यस विषयमा सोधपुछ गरिनुपर्छ ।

आगलागीपछि गरेको प्रहरी मुजुल्कामा २२ लाख ३९ हजार चार सयको भौतिक क्षती पुगेको देखाइएको छ । तर, मूल्यवान कागजपत्रहरुका विषयमा खासै बोलिएको छैन ।

हाम्रो अनुसन्धानले आगलागीबाट नष्ट भएका कागजपत्रहरुमा बढी जसो पुर्व आईजीपी कोषराज वन्त जो भ्रष्टाचारको आरोपमा निलम्वनमा परेर अहिले विशेष अदालतमा मुद्दा खेपिरहेका छन् ।
उनको बढी कागजात त्यहाँ रहेको स्रोत बताउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन्तविरुद्ध विचाराधिन मुद्दाका विषयमा मगाइएका प्रमाणहरु नष्ट गर्न वन्तकै योजनामा यो घटना घटाइएको स्रोतको दाबी छ ।

स्रोत भन्छ, शुरुमा अभियोग स्विकार गर्ने र पछि अदालतमा ईन्कारी बयान गर्नु भनि पुर्व योजना अनुसार हवल्दार रामकृष्ण श्रेष्ठलाई प्रयोग गरिएको र त्यसो गर्दा मोटो रकमसँगै मिसनमा पठाइदिने आकर्षक योजना उनलाई दिइएको थियो । जनप्रहार साप्ताहिक

  • 142
    Shares