You are here
Home > समाचार > एकैपटक ७ जना सचिवको सरुवा, कसलाई कुन मन्त्रालय तोकियो?

एकैपटक ७ जना सचिवको सरुवा, कसलाई कुन मन्त्रालय तोकियो?

८ फाल्गुन २०७५, बुधबार १०:५६

काठमाडौं– सरकारले सात सचिवको सरुवा गरेको छ। अवकाशको समय नजिकै रहेको पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।

पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटालाई ल्याएको छ। खानेपानीमन्त्री बिना मगरसँग विवाद परेपछि सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालय ल्याइएको छ।

रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा र प्रधानमन्त्री कार्यालयका रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सूर्य गौतमलाई सचिवमा बढुवा गरि महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ।