You are here
Home > समाचार > अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ

८ फाल्गुन २०७५, बुधबार ११:४९

काठमाडौं- प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट नियन्त्रणमा लिएको छ।

बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो।

‘ठूलो माछा कता छन्? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएकाहरुको संख्याबारे भने खुलाएको छैन।

प्रदर्शनकारीलाई प्रहरीले गाडीमा हालेर लगेको छ।