You are here
Home > समाचार > चरेससहित २ व्यापारी पक्राउ

चरेससहित २ व्यापारी पक्राउ

९ फाल्गुन २०७५, बिहीबार १५:५४
जिल्ला प्रहरी कार्यालय हेंटौडाले एक करोड बढी मूल्य बराबरको चरेस र गाँजाको धुलोसहित २ जना व्यापारीलाई पक्राउ गरी  बिहीबार सार्वजनिक गरेको छ ।

कैलाश गाउपालिका—१ डाँडाखर्कका बाट २७३ किलो चरेशसहित सोही ठाउँका ४३ वषीय चन्द्रबहादुर घलान र धादिङ गजुरी गाउँपालिका-८ किरानचोकका ३६ वर्षीय  पशुपती भनिने जीवन तामाङलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

‘घलान र तामाङ दुवै गाँजा व्यापारी हुन्,’ प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले पत्रकार सम्मेलनमा भने, ‘पक्राउ परेका दुवै पुराना लागु औषधका व्यापारी हुन् ।’ प्रहरी व्यापारी बनेर चरेससहित उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले उनीहरुको साथबाट २६७ पोकामा रहेको चरेश र घलानको गोठमा चरेश बनाउनका लागि तयारी अवस्थामा राखिएको ५ वटा बोराको ११० किलो गाजाको धुलो बरामद गरिएको उनले बताए ।

उनीहरुलाई कानून अनुसार दुई वर्ष कैद र १५ देखि एक लाख रुपैयाँसम्म जरीवाना हुनसक्ने प्रहरी उपरीक्षक सिंहले बताए ।