You are here
Home > समाचार > मनाङ्गेलाई मोहडा बनाएर गुरुङको जगजगी, परिषद् अध्यक्षको नाममा ठमेलमा गुण्डागर्दी

मनाङ्गेलाई मोहडा बनाएर गुरुङको जगजगी, परिषद् अध्यक्षको नाममा ठमेलमा गुण्डागर्दी

१० फाल्गुन २०७५, शुक्रबार १६:२४

काठमाडौं- ‘मैले ठमेल बनाएँ, ठमेलले मलाई गुण्डा बनायो’ भन्दै गत साता कुनै बेलाका गुण्डा नाईके राजीब गुरुङ उर्फ दिपक मनाङ्गे ठमेलमा बुुरुक्क उफ्रे।

ठमेल पर्यटन परिषद्ले आयोजना गरेको कार्यक्रममा भेला भएका ठमेलका व्यापारी, स्थानीयबासी, गुण्डा दलाल लगायतलाई सम्बोधन गर्दै प्रदेशसभाका सांसद समेत रहेका मनाङ्गेले ठमेल ‘यसै ठमेल नबनेको’ भन्दै ठमेल बनाउन आफ्नो ठूलो देन रहेको दाबी गरे ।

ठमेलमा गलत काम गर्ने प्रहरीलाई हप्काउँदा आफूलाई प्रहरीले गुण्डाको उपाधी दिएको हास्यास्पद अभिव्यक्ति दिंदा मनाङ्गेकै आडभरोसामा आज पनि ठमेलमा गुण्डागर्दी गर्दै आएकाहरु दंग परेका थिए ।

ठमेल बनाएको दाबी गर्ने मनाङ्गेलाई परिषद्का अध्यक्ष समिर गुरुङको योजनामा कार्यक्रमको आयोजना गरी मुख्य अथिती बनाइएको थियो उक्त कार्यक्रममा लैनचौर र दरबारमार्ग बृत्तका प्रहरी प्रमुखहरुलाई बोलाइएको भए पनि उनीहरु भने मनाङ्गे र गुरुङको विवादित छवीका कारण उपस्थित नभएको स्रोत बताउँछ ।

कुनै बेलाका गुण्डा नाइके मनाङ्गेकै आड भरोसामा दुई बर्षदेखि परिषद्को अध्यक्ष रहेका गुरुङमाथि ठमेल क्षेत्रमा गुण्डागर्दी गर्दै आएको आरोप लागेको छ ।

मनाङ्गे आफू निकट रहेको देखाउन उनले यो कार्यक्रमको आयोजना गरेर ठमेलका व्यापारीलाई आफ्नो बसमा राख्न खोजको स्रोत बताउँछ । गुुरुङले ठमेलका व्यापारीलाई सदस्यता दिने, सवारी पास उपलब्ध गराउने वहानामा संकलन गरेको २८ लाख रुपैयाँको कुनै हिसाब किताब देखाउन नसकेको परिषद्का एक सदस्यले बताए ।

यसरी उठाएको रकम तथा अन्य आम्दानीको कुन वासलत तथा खर्च बिबरण नराखी नक्कली भौचर बनाएर सस्थागत भ्रष्टाचार गरेको आरोप गुरुङमाथि लागेको छ । स्रोत भन्छ–‘परिषद्को अध्यक्षको नाममा गुरुङले ठमेलमा हुने हरेक कार्यक्रममा रात्रीकालीन व्यवसायी देखी होटलहरुबाट जबरजस्ती पैसा उसुल्दै आएका छन् ।’

आफूखुसी पैसा असुल्नकै लागि उनले सांसद समेत रहेको कुनै ताकाका कुख्यात गुण्डा नाईके मनाङ्गेलाई उक्त कार्यक्रममा उभ्याइएको दाबी परिषदका अन्य सदस्यले गरेका छन् । ठमेलका अधिकांश व्यपारीहरुलाई ‘ठमेल दिपक दाईले बनाएको र म दिपक मनाङ्गेको भाई हो’ भन्ने गफ चुट्दै व्यापारीलाई काबुमा राख्न खोजेका छन् ।

बेलुका भएपछि दुई चार जना चुल्ठे मुन्द्रेलाई अगिपछि लगाउँदै गुरुङ दिपक मनाङ्गेकै शैलीमा ठमेल भ्रमणमा निस्कने गरेका छन् । ठमेलमा भएका डिस्को, डान्स, लाउन्ज, होटल रेष्टुरेन्ट, स्पालगायतका ठाँउमा सेवा लिएबापत उनले बिल समेत भुक्तानी नगर्ने गरेको स्रोतको भनाई छ ।

केही घुस्याहा प्रहरीका हाकिम र केही नेताहरुलाई समेत अध्यक्ष गुरुङले ‘निःशुल्क’को सुबिधा दिलाउँदै आएका छन् । उल्टै अध्यक्ष गुरुङले ति व्यापारीहरुलाई प्रशासन आफ्नो हातमा भएको हवला दिदै आएका छन् । पछिल्लो समय मनाङ्गे भने गुण्डागर्दी छाडेर राजनीतिमा होमिएका छन् ।

तर, उनै मनाङ्गे कै नाम बेचेर परिषद्का अध्यक्ष गुरुङले ठमेलका व्यापारीमाथि अराजक मच्चाउँदै आएको पीडित व्यापारीहरु बताउँछन् ।

  • 9
    Shares