
काठमाडौं – तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको मृत्यु भएको छ ।
यस अघिको समाचारमा हेलिकप्टरमा सवार छ जना भनिए पनि सात जना रहेको पुष्टि भएको छ । मन्त्री अधिकारीसहितको टोली आजै तेह्रथुममा विमानस्थल सम्भाव्यता अध्ययनका लागि गएको थियो।घटनास्थलमा प्राप्त शवहरु ताप्लेजुङबाट शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदै छ।
केहीबेर अघि मात्रै दुर्घटनामा परेकाहरूको उद्धार गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा दुर्घटना भएको हो। घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार पहल गरिरहेको छ ।