You are here
Home > समाचार > ताप्लेजुङ हेलिकोप्टर दुर्घटना प्रकरण : ४ सदस्यीय छानबिन समिति गठन

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना प्रकरण : ४ सदस्यीय छानबिन समिति गठन

१५ फाल्गुन २०७५, बुधबार २०:१९

काठमाडौं–सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गर्न भन्दै ४ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक पूर्व पर्यटनसचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा सरकारले छानबिन समिति गठन गरेको हो। त्यस्तै सदस्यहरुमा सहायक रथी दिपक प्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा र सहसचिव बुद्धिसागर लामिछाने रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जानकारी दिए।

बुधबार दिउँसो एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ।

यस्तै सरकारले मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ। यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय पनि गरेको छ।सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय समेत गरेको छ।