You are here
Home > समाचार > श्रद्धान्जलि दिन को– को पुगे टुँडिखेल

श्रद्धान्जलि दिन को– को पुगे टुँडिखेल

१७ फाल्गुन २०७५, शुक्रबार ०९:३७

काठमाडाैं-ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि काठमाडौंको टुँडिखेलमा राखिएको छ ।

अन्तिम श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेकपाका शीर्ष नेताहरु टुँडिखेल पुगेका छन् ।

आफन्त, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी अधिकारी, सर्वसाधारण टुँडिखेल आउने क्रम शुरु भएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा सात जनाले ज्यान गुमाएका थिए ।