You are here
Home > समाचार > आफैंले बोकेको राइफलको गोली लाग्दा सेनाको मृत्यु

आफैंले बोकेको राइफलको गोली लाग्दा सेनाको मृत्यु

१९ फाल्गुन २०७५, आईतवार ०९:४१

धनकुटा – आफैंले बोकेको राइफलको गोली लागी धनकुटामा नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। मृत्यु हुनेमा बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।

शनिबार बेलुका राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम १६ राइफलको गोली छातीमा लागि जोशी गम्भीर घाइते भएका थिए। घाइते जोशीको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा राति ९ः५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा गोली आफैंले चलाएको हुनसक्ने प्रहरीको अनुमान छ।