You are here
Home > समाचार > सेना र सशस्त्र प्रहरीसँग मिलेर काम गर्न आइजिपी खनालको निर्देशन

सेना र सशस्त्र प्रहरीसँग मिलेर काम गर्न आइजिपी खनालको निर्देशन

२१ फाल्गुन २०७५, मंगलवार १९:०४

काठमाडौं-नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले नेपाली सेना र सशस्त्र प्रहरीसँग मिलेर काम गर्न निर्देशन दिएका छन्।

सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै खनालले प्रभावकारी काम गर्न प्रहरी, सेना र सशस्त्र प्रहरी मिल्नुको विकल्प नभएको बताएका छन् ।

‘तीनवटै निकायबीच सुचना आदान प्रदान र अनुभव साटासाट गर्नु पर्छ, ‘आइजिपी खनालले भने, ‘यसरी काम गर्दा नतिजा राम्रो आउँछ।’

पछिल्लो समय प्रहरीमा हुने गरेको भ्रष्ट्राचारमा कमी आएको उनले बताए।

‘यस विषयमा मैले धेरै भनिरहनु पर्दैन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम भ्रष्ट्राचारको सुचीमा नेपाल प्रहरीलाई राखेको रिपोर्ट सार्वजनिक भएको छ, ‘उनले भने।

केही दिन अख्तियारले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल प्रहरी विगतमा भन्दा सुध्रिएको उल्लेख छ।