You are here
Home > समाचार > विप्लवका ध्वंसात्मक गतिविधि नियन्त्रण गर्न सरकार गम्भीर छः गृहमन्त्री

विप्लवका ध्वंसात्मक गतिविधि नियन्त्रण गर्न सरकार गम्भीर छः गृहमन्त्री

२२ फाल्गुन २०७५, बुधबार ११:४६

धनगढी– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरिरहेको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका बादललाई सञ्चारकर्मीहरुले विप्लव समूहले गराएको विस्फोटबारे प्रश्न गरेका थिए ।

जवाफमा उनले भने, ‘केही समूहले योबीचमा केही विस्फोटन र ध्वंसात्मक गतिविधि गरेका छन्, यसबारे सरकार गम्भीर छ । यसलाई छिट्टै नियन्त्रण गरिनेछ ।’

संघीय प्रहरी, प्रदेश प्रहरी निर्माणसम्बन्धी कानुन संसदमा पुगेको र यो पास भएपछि प्रदेश र स्थानीय तहको शान्ति सुरक्षा अझ सुदृढ बनाइने गृहमन्त्री बादलको दाबी छ ।

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान जारी रहेको बताए । गृहमन्त्री बादलले भने, ‘यो प्रकरणमा सुरुमा केही निकायको लापारबाहीका कारण अन्यौलता पैदा भएको हो। ’