You are here
Home > समाचार > टिकापुरमा उच्च सुरक्षा सतर्कता

टिकापुरमा उच्च सुरक्षा सतर्कता

२३ फाल्गुन २०७५, बिहीबार ०८:३३

कैलाली- रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय बुधवार सुनाएपछि कैलालीको टीकापुरमा उच्च सुरक्षा सतर्कता बढाइएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख शिवबहादुर सिंहले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन भएको बताए।

टीकापुर बजार क्षेत्रका चोकहरुमा सशस्त्र र नेपाल प्रहरी परिचालन भएपछि सर्वसाधारणको चहलपहल कम भएको छ। थारु सम्बद्ध संघर्ष समितिले रेशम चौधरीसहित सबै ११ जनालाई निःसर्त थुनामुक्त गर्न माग गरेका छन्।