You are here
Home > प्रशासन > काठमाडौं जिल्ला अदालतका न्यायाधिश कारबाहीमा

काठमाडौं जिल्ला अदालतका न्यायाधिश कारबाहीमा

२४ फाल्गुन २०७५, शुक्रबार ०८:४०

काठमाडौं –न्यायिक विचलन भेटिएको भन्दै काठमाडौ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल कारबाहीमा परेका छन्। उनलाई कारबाही स्वरुप सप्तरी जिल्ला अदालत सरुवा गरिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायीक विचलनमा परेको उजुरि हेरेपछि न्यायाधीश लम्साललाई सरुवा गरेका हुन्।

आफू पदमा आएपछि एक विशेष निगरानी समिति गठन गरी देशभरका जिल्ला तथा उच्च अदालतको न्याय सम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए। सोअनुसार प्रधानन्यायाधीश राणाले पदमा आसिन भएको पहिलो हप्तामै न्याय सम्पादनमा विचलन देखिएको उजुरी परेका न्यायाधीशहरुलाई धमाधम सरुवा गर्दै आक्रमक एक्सन थालेका थिए।

यसअघि विराटनगर उच्च अदालतका ७ जना न्यायाधीशलाई न्यायपरिषद् सचिवालयमा तानिएको थियो।