You are here
Home > समाचार > सरकार र सीके राउतबीच ११ बुँदे सहमति

सरकार र सीके राउतबीच ११ बुँदे सहमति

२४ फाल्गुन २०७५, शुक्रबार १७:२७
सरकार र सिके राउत नेतृत्वको चस्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित विशेष घोषणा सभा कार्यक्रममा दुई पक्षबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

दुई पक्षबीच भएको सहमतिमा उक्त संगठनका प्रमुख तथा नेता–कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता लिने हिरसातमा रहेका सबै कार्यकर्ता निःसर्त रिहा गर्ने, संगठनले विखण्डनकारी कार्यक्रम रोक्ने, मूलधारको राजनीतिमा अवरोध खडा नगरिने, प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको परिवारलाई क्षतिपूर्ति र परिवारका एकजनालाई रोजगारी दिनेलगायत बुँदा छन् ।

स्वतन्त्र मधेसको अभियानलाई रोक्न भन्दै गृहमन्त्री रामबहादुर थापा  र चन्द्रकान्त (सिके) राउतले राजनीतिक सहमतीमा हस्ताक्षर गरेका छन्।

सहमतिलाई आजै बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सहमतिबारे ब्रिफिङ गरेका थिए ।

सहमतिका बुँदा
१. मुलुकको स्वाधीनता स्वीकार्ने
२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने
३. असन्तुष्टि समाधान गर्ने
४. सरकारले सिके राउतको संगठनको मुद्दा फिर्ता लिने
५. सिके राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने
६. आइन्दा विखण्डनवादी क्रियाकलाप नगर्ने

७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने
८. गएको भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र उनका परिवारका सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने
९. घाइतेहरुलाई उपचार गर्ने
१०. सिके राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने
११. सहमति आजैबाट लागू हुने