You are here
Home > राजनीति > विप्लव समूहका गतिविधी धेरै दिन चल्दैनन्ः गृहमन्त्री थापा

विप्लव समूहका गतिविधी धेरै दिन चल्दैनन्ः गृहमन्त्री थापा

२५ फाल्गुन २०७५, शनिबार १६:३५

सुर्खेत-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संविधान विरोधी गतिविधि गरिरहेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार वीरेन्द्रनगर पुगेका मन्त्री थापाले विप्लवको गतिविधि धेरै दिनसम्म नचल्ने दाबी गरेका हुन् ।

निरन्तर वार्तामा बसेर मुलधारको राजनीतिमा आउन अपिल गरिरहे पनि आतंकवादी गतिविधि नरोकेकोले अब विप्लवमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिए ।

पछिल्लो समय विप्लवको गतिवधि बढिरहेको अवस्थामा सरकारले जसरी पनि नियन्त्रणमा ल्याउने दाबी गरे । ‘स्थानीय तहमा धम्की दिने, चन्दा माग्ने गरेको सूचना पाएका छौं, उनले भने, ‘हामी सुरक्षाका लागि जिम्मेवार छौं, उनीहरुबाट नडराउनुहोस् । छिट्टै हाम्रो नियन्त्रणमा आउनेछन् । विगतमा कुनै विशेष तत्त्वले संरक्षण गरे पनि अब कसैले संरक्षण गर्न नसक्ने उल्लेख गरे ।