You are here
Home > समाचार > १ सय ५ किलो चरेससहित तीनजना पक्राउ

१ सय ५ किलो चरेससहित तीनजना पक्राउ

२६ फाल्गुन २०७५, आईतवार ०९:१७

धादिङ्ग-धादिङ्ग प्रहरीले एक क्वीन्टल बढी चरेस बरामद गरेको छ। काठमाडौंबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट प्रहरीले १ सय ५ किलो चरेस बरामद गरेको हो । इलाका प्रहरी कार्यालय गजुरीद्धारा खटिएको प्रहरी टोलीले खानतलास गर्दा यात्रुवाहक बसबाट उक्त चरेस बरामद गरेको छ।

बसका चालक वीरगञ्ज–८ का लालबहादुर शाह, बाराको करैयामाइ गाउँपालिका-७ का अनिल चौधरी र विन्दवासिनी गाउँपालिका३ का श्रीराम साहलाइ प्रहरीले पक्राउ गरेको छ ।