You are here
Home > समाचार > तरुण दलका कार्यकर्ताको गोली हानी हत्या

तरुण दलका कार्यकर्ताको गोली हानी हत्या

२७ फाल्गुन २०७५, सोमबार ०८:३१

रुपन्देहीरुपन्देहीको देवदहमा अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ।देवदह नगरपालिका–५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको हो।

आइतवार राती मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई अज्ञात समूहले गोली हानेका देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिए।

गोली लागेर गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

हत्यामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनी तरुण दलका सक्रिय कार्यकर्ता भएको बताइएको छ।