You are here
Home > समाचार > सुरक्षालाई मजबुद बनाउन सुरक्षा परिषद्को बैठक बस्दै

सुरक्षालाई मजबुद बनाउन सुरक्षा परिषद्को बैठक बस्दै

२७ फाल्गुन २०७५, सोमबार ०९:४६

काठमाडौं-मुलुकको शान्ति सुरक्षाका बारेमा समिक्षा र थप सुरक्षा संवेदनशीलतालाई मजबुत बनाउने बिषयमा छलफल गर्न सुरक्षा परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको छ।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सुरक्षा संयन्त्रलाई चुनौति दिएको र संघीय राजधानीमा समेत नागरिक असुरक्षित महसुस गर्न थालेपछि थप कडाइ गर्न बैठक आह्वान गरिएको छ ।

प्नधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने बैठकमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतको उपस्थिति रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभयो ।