You are here
Home > राजनीति > संविधानमा व्यवस्था नभएको कुरा गर्न सकिदैनः गृहमन्त्री थापा

संविधानमा व्यवस्था नभएको कुरा गर्न सकिदैनः गृहमन्त्री थापा

२७ फाल्गुन २०७५, सोमबार १२:१३

भैरहवा-गृहमन्त्री रामबहादुर थापाले संबिधानमा व्यवस्था नै नभएको जनमत संग्रह सरकारले गर्न नसक्ने बताएका छन्। भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संबिधान बिरोधी तत्वलाई निस्तेज पार्ने बताएका छन्।

देशलाई बिखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार सफल भएको उल्लेख गर्दै मन्त्री थापाले असामाजिक, अपराधिक तत्वबाट मुलुकलाई खतरा रहेको स्वीकार गरे।

अपराधिक तत्वलाई निस्तेज गर्न सरकार प्रतिबद्ध छ उनले भने संबिधान भन्दा माथि गएर कसैले अपराधिक गतिबिधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर बस्दैन ।

सरकार र सिके राउत वीच भएको सहमतिमा हस्ताक्षर गरेको मसी सुक्न नपाउदै सिके राउतको स्वागातार्थ उनका सर्मथकले जनकपुरमा निकालेको बृहत प्रर्दशनलाई गहमन्त्री थापाले उक्त क्रियाकलापलाई अन्तीम बिदाईको खुसियालीको संज्ञा दिए।

उनले सिके राउतसंग भएको सहमतिमा स्वतन्त्र मधेश त्यागको सहमति भएको दावी गर्दै अखण्ड र स्वतन्त्र मधेशका लागि जनमत सग्रह हुनै नसक्न उल्लेख गरे।

सरकारले बिखण्डनकारी शक्तिसंग संझौता गरेको र स्वतन्त्र मधेश गठबन्धनले आत्म सर्मपण गरेको भन्ने बाहिरि हल्ला निराधार भएको दावी गर्दै मन्त्री थापाले राष्ट्रलाई बिखण्डनबाट बचाउन सरकार सफल भएको बताए ।

मुलुकको शान्ति सुरक्षामा आपराधिक तत्व, असामाजिक तत्व र प्राकृतिक प्रकोप पनि चुनौतिका रुपमा रहेको उल्लेख गर्दै उनले ती सबैलाई नियन्त्रण गर्न सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताए । सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरु,प्रशेक ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री, प्रदेश ५ का प्रमुख सचिव लगायतको सहभागिता छ।