You are here
Home > समाचार > मध्यरातमा भरतपुर महानगरपालिकामा बम विष्फोष्ट

मध्यरातमा भरतपुर महानगरपालिकामा बम विष्फोष्ट

२९ फाल्गुन २०७५, बुधबार ०७:०५

काठमाडौं-चितवनको भरतपुर महानगरपालिकाको वडा नं ५ को कार्यालयमा बम विस्फोट भएको छ। मंगलवार १२ बजेर १५ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनास्थलमा सिलिण्डर ग्यासको टुक्रा फेला परेको चितवन प्रहरीले जनाएको छ। विस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ । विस्फोटबाट मानवीय क्षति भने भएको छैन।

विस्फोट लगत्तै भएको आगलागी महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो। विस्फोट कसले र किन गराएको भन्ने खुलेको छैन। विस्फोटबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।