You are here
Home > राजनीति > सरकारको प्रतिबन्धको डटेर प्रतिवाद गर्ने विप्लवको चेतावनी

सरकारको प्रतिबन्धको डटेर प्रतिवाद गर्ने विप्लवको चेतावनी

२९ फाल्गुन २०७५, बुधबार ०७:१५

काठमाडौं-सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ। सरकारको निर्णय लगत्तै
नेकपाले सरकारले घोषणा गरेको प्रतिबन्धको डटेर सामाना गर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ।

नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्कीले सरकारले देशलाई जबर्जस्त युद्धमा धकेल्ने षड्यन्त्र गरेको भन्दै यसको सामाना गर्ने प्रतिक्रिया दिएका छन्। उनले भने, ‘हामी राजनीतिक रुपमा देशभर भण्डाफोर गर्छौं, सरकारबाट दमन भए त्यसको प्रतिरोध गर्छौं।’

विखण्डनकारी सिके राउतलाई काखी च्यापेर सरकारले आफूहरुमाथि प्रतिवन्ध लगाएको भन्दै उनले संघर्ष चर्काउने चेतावनी दिएका हुन्।