You are here
Home > समाचार > विप्लवका गतिविधीमा निगरानी र कारवाही अघि बढाउने प्रहरीको तयारी

विप्लवका गतिविधीमा निगरानी र कारवाही अघि बढाउने प्रहरीको तयारी

२९ फाल्गुन २०७५, बुधबार ०८:४९

काठमाडौं-सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेपछि प्रहरीले विशेष निगरानी र कारबाही अघि बढाउने तयारी गरेको छ।

सरकारको निर्णय आएपछि सोही अनुसार अघि बढ्ने प्रहरीको भनाई छ। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले संविधान विपरीतका कार्य हुन नदिन प्रहरी सधैँ लागिरहेको भन्दै सरकारको निर्णय प्राप्त भएपछि त्यसैअनुसार निगरानी गर्ने बताए।

हिंसात्मक र आपराधिक गतिबिधि गर्ने छुट कसैलाई नभएको भन्दै उनले त्यस्ता गतिबिधि गर्ने जोकोहीलाई प्रहरीले कारबाही गर्ने दावी गरे। सरकारले मंगलबार मात्रै विप्लव नेतृत्वको नेकपाका गतिबिधिलाई आपराधिक ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको हो। वार्तामा आउन पटकपटक आग्रह गर्दा पनि वास्ता नगरी हिंसात्मक गतिबिधि बढाएकाले त्यस्ता गतिबिधि नियन्त्रण गर्ने निष्कर्षमा पुगेको हो।