You are here
Home > समाचार > मोरङमा युवाको शव परिवारले नबुझ्दा प्रहरी संकटमा

मोरङमा युवाको शव परिवारले नबुझ्दा प्रहरी संकटमा

१ चैत्र २०७५, शुक्रबार ०८:२३

 मोरङ- मोरङको पथरीशनिश्चरेमा १५ दिनअघि एक युवाको शंकास्पद मृत्यु भएपछि उनको परिवारले ती युवाको हत्या भएको भन्दै शव बुझन नमान्दा प्रहरी समेत संकटमा परेको छ ।

पथरीमा फागुन २ गते खुलेको सिक्का बार एण्ड लन्च कम्पनीमा रमाईलो गर्न गएका पथरीशनिश्चरे ७ का २७ बर्षिय षडराज तामाङको फागुन १६ गते राति करिव १०ः३० बजेको समयमा सहस्यमय मृत्य भएको थियो ।

उनको हत्या भएको भन्दै पीडित परिवारले हालसम्म दाहसंस्कार गरेका छैनन् । पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले किटानी जाहेरी प्रहरीले दर्ता नगरेकोमा गुनासो मात्र गरेनन् उचित न्याय दिलाइदिन अनुरोध समेत गरेका छन् ।

मृतककी भाउजु आङ्रिता तामाङ र दिदी टिका तामाङले होटल सञ्चालक र मृतकका साथीहरु सहित १० जना विरुद्ध किटानी जाहेरी प्रहरीलाई बुझाइ सकेको छ । प्रहरीले दर्ता नगरी हामीलाई झुकाउन खोजेको, अपराधीलाई कानुनी दायरामा ल्याउनुको सटा दुई पक्षलाई मिलाउन खोजेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले गुनासो गरिरहेका छन् ।

प्रहरीले भने मुद्धा दर्ता भइसकेको बताएको छ । मुद्धा दर्ता गरेको जनाएपनि जाहेरीमा नाम परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानमा कडाइ नगरेकोमा गुनासो गर्दै आएका छन् ।