You are here
Home > समाचार > कोषराज वन्तसंग सामाखुशीमा योजना बनाएर हलचोक हान्ने रामशरणको दाउ !

कोषराज वन्तसंग सामाखुशीमा योजना बनाएर हलचोक हान्ने रामशरणको दाउ !

४ चैत्र २०७५, सोमबार २१:४५

काठमाण्डौ – सशस्त्र प्रहरी बलका एआइजी रामशरण पौडेलले पुर्व आईजी कोषराज वन्तसंग सामाखुशीमा बसेर आईजी शैलेन्द्र खनालका विरुद्ध योजनाहरु बनाएका छन । वन्तकै योजनामा उनले सशस्त्र प्रहरी वल तालिम प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा पुर्व सशस्त्र प्रहरीका अधिकृतहरुलाई बोलाएर सशस्त्र प्रहरी तथा आईजी खनालका विरुद्ध जथाभावी बोल्न थालेको जानकारी मूलधारलाइृ प्राप्त भएको छ । पौडेलले बोलाएपछि मातातिर्थ पुगेका एक पुर्व सशस्त्र प्रहरी अधिकृतले भने लञ्च खान भनेर बोलाएर एआईजी पौडेलले जथाभावी बोले त्यो संगठनको हितमा छैन । नाम उल्लेख नगर्ने शर्तमा उनले पौडेलमाथी कार्वाही गर्न सुजmाएका छन ।

यसैबिच आईजी सचिवालयमा पौडेल विरुद्ध आर्थिक हिनामिना तथा जबरजस्ति पैसा असुलेको उजुरी परेको छ । प्रतिष्ठानमा पत्रिका छाप्ने, जबरजस्ति विदा छोड्न लाउने लगायत एक दर्जन विषयमा उजुरी परेको स्रोतले जानकारी दियो । उनि विरुद्ध परेको उजुरीका विषयमा छानबिन भई रहेको छ ।

  • 75
    Shares