You are here
Home > समाचार > गुप्तचर विभाग अब प्रधानमन्त्री कार्यालय मातहत

गुप्तचर विभाग अब प्रधानमन्त्री कार्यालय मातहत

५ चैत्र २०७५, मंगलवार ००:२१

काठमाडौं– राष्ट्रिय अनुसन्धानविभागलाई सरकारले चैत १ गतेदेखि लागु हुनेगरि विधिवत रुपमा प्रधानमन्त्री कार्यालय मातहत राखेको छ । प्रधामन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई आफु मातहत ल्याउन करिव दश महिना अघि निर्णय गराएको भएपनि औपचारिक रुपमा ०७५ चैत १ गतेदेखि सो अन्तरगत गएको छ ।

यसकालागी सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशित गरेर औपचारीक रुपमा प्रधानमन्त्री कार्यालय मातहतमा ल्याईएको जानकारी दिएको छ । फागुन १९ मा बसेको संसद वैठकले नेपाल विशेष सेवा,ऐन २०४२ संशोधन गरेको थियो ।

गुप्तचर संगठनसम्बन्धी व्यवस्था गरिएको ऐन र नेपाल विशेष सेवा ऐन २०४२ को दफा ४(१) मा सो विभाग गृह मन्त्रालयअन्तर्गत रहने व्यवस्था रहेको थियो । सोही दफामा संशोधन गरेर गृहमन्त्रालयअन्तर्गत भन्ने शब्दहरुको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राखिएको छ ।

  • 33
    Shares