You are here
Home > समाचार > राजधानीको तिनकुनेबाट पेस्तोलसहित एक पक्राउ

राजधानीको तिनकुनेबाट पेस्तोलसहित एक पक्राउ

२७ जेष्ठ २०७६, सोमबार १७:१०
महानगरीय प्रहरी परिसर टेकुको टोलीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।प्रहरीले राजधानिकाे तिनकुनेबाट मेडइन जापान लेखेको एक थान पेस्तोल सहित सञ्जय शेर्पालाई पक्राउ गरेको हाे ।
परिसरकाे विशेष टोलीले पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको परिसर प्रवक्ता डिएसपी होबिद्र बोगटीले जानकारी दिए।

पक्राउ परेका शेर्पामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।