You are here
Home > प्रशासन > लोकसेवाको विज्ञापनविरुद्ध सर्वोच्चमा रिट

लोकसेवाको विज्ञापनविरुद्ध सर्वोच्चमा रिट

२७ जेष्ठ २०७६, सोमबार २१:३५

काठमाडौं-लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्ति गर्न खोलेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

आयोगले पद पूर्तिका लागि ५१५ स्थानीय तहमा ९ हजार १ सय ६१ सिटको लागि खोलेको विज्ञापन अवैध भएको दाबीसहित सर्वोच्चमा रिट परेको हो। उक्त विज्ञापनका विरुद्ध अधिवक्ता जगदेव चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

आयोगद्वारा स्थानीय तहमा कर्मचारी पद पूर्तिका लागि प्रकाशित विज्ञापन संघीयताको मर्म, भावना तथा समानुपातिक समावेशीताको सिद्धान्तविपरीत रहेको रिटमा दाबी गरिएको छ। संविधानतः प्रदेशभित्रको रिक्त दरवन्दी पूर्ति गर्ने अधिकार प्रदेश लोक सेवालाई दिएको रिटमा उल्लेख छ।

विज्ञापन संघीयता विपरीत रहेकाले बदर नभएमा मुलुकमा द्वन्द्व निम्त्याउन सक्ने खतरा निवेदक चौधरीले औंल्याएका छन्।