You are here
Home > समाचार > आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उपसचिव पक्राउ

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उपसचिव पक्राउ

२८ जेष्ठ २०७६, मंगलवार १८:४४

काठमाडौं –१८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत  यादव थरका उपसचिव रहेको प्रहरीले जनाएको छ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ बर्षका यादव थरका उपसचिवले १८ वर्षीया छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

आफ्नै घरको तेस्रो तल्लाको कोठामा विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

घरमा कोही नभएको मौकामा उनले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । आमाले पनि उक्त घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाएकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

त्यतिबेला आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि गत जेठ १९ गते भने उनै आमा र ती किशोरीले सो घटना बाहिर ल्याएका हुन् ।