You are here
Home > समाचार > इन्सपेक्टरलाई घुस दिन खोज्ने चालक पक्राउ

इन्सपेक्टरलाई घुस दिन खोज्ने चालक पक्राउ

२९ जेष्ठ २०७६, बुधबार ११:१८

काठमाडौं- ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिने टाटा सुमो चालक बुधबार बिहान पक्राउ परेका हुन् ।

अव्यवस्थित ठाउँमा लापरबाही तरिकाले से.१ ज ४८४ नम्बरको टाटा सुमो गाडी पार्किङ गरेका उदयपुर स्थायी घर भएका ३९ वर्षीय आशाराम चौधरीले ट्राफिक प्रहरीले कागजपत्र माग्दा प्रभाग प्रमुख इन्सपेक्टर ठाकुरलाई ५ सय रुपैयाँ घुस दिएका थिए ।