You are here
Home > समाचार > गोरखा सैनिकबाट प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’

गोरखा सैनिकबाट प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’

२९ जेष्ठ २०७६, बुधबार १४:५२

बेलायत – प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा बेलायतमा रहेका गोरखा सैनिकहरूले सलामी अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार संयुक्त राज्य बेलायतको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा पुगेका थिए ।

१९ वर्षपछि बेलायत भ्रमणमा पुगेका नेपालका प्रधानमन्त्रीलाई गोरखा सैनिकले नेपाली राष्ट्रिय गानको संगीत बजाएर स्वागत गरेका थिए ।

उनलाई ब्रिगेडमा रहेका गोरखा सैनिकले गार्ड अफ अनर प्रदान गरेका हुन् ।