You are here
Home > समाचार > आफ्नै श्रीमतीमाथी खुकुरी प्रहार गर्ने फुर्वा पक्राउ

आफ्नै श्रीमतीमाथी खुकुरी प्रहार गर्ने फुर्वा पक्राउ

२९ जेष्ठ २०७६, बुधबार १४:५६

ताप्लेजुङ-आफ्नै श्रीमतीमाथी खुकुरी प्रहार गर्ने फुर्वा शेर्पा पक्राउ परेका छन् । आफ्नै ४५ वर्षीया श्रीमती जामु शेर्पालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका(५ खानी गौंडा बस्ने ४५ वर्षीय फुर्वा दोर्जी
शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्रीमतीमाथी खुकुरी प्रहार गरेको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले फुर्वालाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते जामुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।