You are here
Home > समाचार > सेनाद्धारा पर्साका नागरिकसँग सम्वाद

सेनाद्धारा पर्साका नागरिकसँग सम्वाद

३० जेष्ठ २०७६, बिहीबार ०९:४९

पर्सा –नागरिक र नेपाली सेनाका बीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन नेपाली सेनाले पर्सामा पहिलो पटक पर्साका नागरिकसँग नागरिक सैनिक सम्वाद गरेको छ।

सेनाको बिषयमा बाहिरी आउने कुरा यथार्थ नभई भ्रमपूर्ण पनि हुन सक्ने निष्कर्षसहित जनता र सेनाका बीचको बास्तविक सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाली सेनाले पर्सामा यस्तो कार्यक्रम गरेको हो। कार्यक्रममा नेपाली सेनाका मध्य पूर्वीप्रेतनापति (उपरथी) नरेश चन्द्र भट्टले कुनै पनि देशको सेना डेमोक्रेटिक हुन नसक्ने बताउनुभयो।

‘अमेरिका जस्तो देशमा पनि बाहिर भनिए जस्तो सेना पूर्ण डेमोक्रेटिक छैन्। सेना समय, परिवेश र समुदाय अनुसार रुपान्तरण मात्र हुन्छ। सेना पूर्णरुपमा न्यूटल संस्था हो।राष्ट्रप्रति प्रतिवद्ध र बफादार हुन्छ उहाँले भन्नुभयो। सेना र उसको रोललाई गलत नबुझिदिन उहाँले पर्साका समाजसेवी र सञ्चारकर्मी तथा नागरिकहरुसँग आग्रह गर्नुभयो।

नागरिक सैनिक अन्तरक्रिया कार्यक्रमको आयोजन भने नेपाली सेनाको जनसम्पर्क निर्देशनालयकै अगुवाईमा भएको हो । कार्यक्रममा नेपाली सेनाको सकारात्मक कार्य सम्पादन झल्कने दुईवटा लघु कथा पनि प्रस्तुत गरिएको थियो ।