You are here
Home > समाचार > पूर्व शिक्षामन्त्री डीआर पौडेलको निधन

पूर्व शिक्षामन्त्री डीआर पौडेलको निधन

३१ जेष्ठ २०७६, शुक्रबार १०:२४

 काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम (डीआर) पौडेलको शुक्रबार बिहान चितवन माडीमा निधन भएको छ।

शुक्रबार बिहान माडीस्थित घरमै हृदयघात भएका पौडेललाई माडी अस्पताल लगिएको थियो, जहाँ मेडिकल जाँचपछि डक्टरले उनको निधन भएको बताएका थिए।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ५४ वर्षीय पौडेलको निधन भएको पुष्टी गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पौडेलको निधनप्रति शोक व्यक्त गरेका छन्।हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री कमरेड धनीराम (डि. आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको छ ।

यस दुःखद् घडीमा दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछुनारायणकाजी श्रेष्ठले नेतृत्व गरेको पूर्व एकता केन्द्रको विद्यार्थी नेता रहेका पौडेल सो पार्टी माओवादी केन्द्रमा एकता भएपछि संविधानसभा सदस्य र पछि शिक्षामन्त्री बनेका थिए।

नेकपाको केन्द्रीय सदस्य रहेका पौडेल प्रस्तावित पोलिटब्यूरोको सदस्य थिए। पौडेल चितवनको माडी क्षेत्रका लोकप्रिय नेता थिए।