You are here
Home > समाचार > मुख्य समाचार > अपराध अनुसन्धानमा एकपछि अर्को सफलताः आईजीपी खनाल

अपराध अनुसन्धानमा एकपछि अर्को सफलताः आईजीपी खनाल

३१ जेष्ठ २०७६, शुक्रबार १६:१८

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतको तुलनामा नेपाल प्रहरी अपराध अनुसन्धानमा सफलता हाँसिल गर्दै गएको बताउनुभएको छ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलनमा बोल्दै महानिरीक्षक खनालले अपराध अनुसन्धानमा एक पछि अर्को सफलता हात पारेको बताउनुभयो।

महानिरीक्षक खनालले नेपाल प्रहरीको अपराध अनुसन्धानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय साइबर ब्यूरो, मानव बेचबिखन तथा अनुसन्धान ब्युरो र डाटा सेन्टर स्थापना गरेको जानकारी दिनुभयो।

महानिरीक्षक खनालले ९५ प्रतिशतभन्दा बढी मुद्दा नेपाल प्रहरीले सफलतापूर्वक अनुसन्धान गरेको बताउँदै नागरिकलाई सेवा दिन नेपाल प्रहरी सधैं दृढ रहेको बताउनुभयो।

कार्यक्रममा महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले गत वर्षको तुलनामा अपराध अनुसन्धानका क्षेत्रमा सरकारले ठूलो उपलब्धि हासिल गरेको बताउनुभयो ।
२ दिनसम्म चल्ने सम्मेलनमा ३ प्रदेशको १ सय ३८ अभियोजनकर्ता तथा अनुसन्धानकर्ताको सहभागिता छ।