You are here
Home > समाज > काठमाडौं बम प्रकरण : उपचाररत थप एक विप्लव कार्यकर्ताको निधन

काठमाडौं बम प्रकरण : उपचाररत थप एक विप्लव कार्यकर्ताको निधन

३२ जेष्ठ २०७६, शनिबार १७:१३

काठमाडौं– काठमाडौंमा गएको जेठ २१ गते गराइएको श्रृंखलावद्ध बम विष्फोटमा परी घाइते भएका थप एक विप्लव कार्यकर्ताको आज (शनिबार) निधन भएको छ ।

बम विष्फोटमा घाइते भएका रामेछाप मन्थली नगरपालिका–४ का रामकुमार श्रष्ठको चावहिलस्थित ओम अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको हो । उनको मृत्यु भएसँगै जेठ १२ गते काठमाडौँमा भएको श्रृंखलाबद्ध बम विष्फोटमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको जानकारी दिएका छन् बम विष्फोटको घटना भएको २४ घण्टा नबित्दै चार जनाको ज्यान गएको थियो ।

बम विष्फोटमा ज्यान गुमाउनेहरुमा नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर थिए ।

श्रेष्ठ पनि विप्लव कार्यकर्ता हुन् । सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिफोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।