You are here
Home > समाचार > मुख्य समाचार > १९ डीआईजीको सरुवा, काे कहाँ ?

१९ डीआईजीको सरुवा, काे कहाँ ?

३२ जेष्ठ २०७६, शनिबार २१:१३

काठमाडौं– नेपाल प्रहरीका १९ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो ।

डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगर ठाकुर ज्ञवालीको प्रदेश–१ मा सरुवा भएको छ ।

मन्त्रालयले प्रदेश १ ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा बिनोद शर्मा घिमिरे, प्रदेश ५ मा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पुर्णचन्द्र जोशी र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको हो । प्रदेशमा डिआइजी नै प्रमुख हुने ब्यवस्था छ ।

यस्तै भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कमलबहादुर जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी र योजना अन्वेषण निर्देशनालयमा केदार रिजाललाई सरुवा गरिएको छ ।

यसैगरी सूर्य उपाध्याय एअरपोर्ट, महेश बिक्रम राष्ट्रिय सुरक्षा परिषद, दानसिंह बोहोरा राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजञ्ज, सुरज केसी सुरक्षा निर्देशनालय र महेन्द्र पोखरेल मानवस्रोत बिभाग सरुवा गरिएको छ ।