You are here
Home > समाचार > मुख्य समाचार > ‘लेजर स्पिड गन’बाट ४९२ माथि कारबाही

‘लेजर स्पिड गन’बाट ४९२ माथि कारबाही

१ असार २०७६, आईतवार ०८:०९


काठमाडौं-ट्राफिक प्रहरीले ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि कोटेश्वर–कलंकी सडकखण्डमा ४९२ सवारीसाधनलाई कारबाही गरेको छ ।

कारबाहीमा पर्ने अधिकांश मोटरसाइकलचालक रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २८ जेठदेखि कोटेश्वर–कलंकी सडकखण्डमा ‘लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्दै आएको थियो ।

ट्राफिक प्रहरीले तीन सिफ्टमा ‘लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ ।

महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले ‘लेजर स्पिड गन’बाट पाँच दिनमा झन्डै पाँच सयजनालाई कारबाही गरिएको जानकारी दिए।